सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा
काठमाडाैं । स्थानीयस्तरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुई जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा उपलब्ध गराउने गरी सामुदायिक आँखा केन्द्र स्थापना गरिएको सो गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले जानकारी दिनुभयो ।
उक्त आँखा उपचार केन्द्रका लागि होण्डाइ मोटर फाउण्डेशन र पोगंसाई विश्व विद्यालय दक्षिण कोरियाद्वारा रु २० लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको बताइएको छ । आँखा उपचार केन्द्रको आज एक कार्यक्रमबीच सो गाउँपालिकाका अध्यक्ष उप्रेती र हेटौँडा सामुदायिक आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्दीलाल श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।
यसअघि हेटौँडा सामुदायिक अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको सो अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस