पाख्रिबासमा एकीकृत समाजवादीको संगठन अभियान सुरु, वडा भेला सम्पन्न
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनकुटाले जिल्लामा संगठन बिस्तार अभियान तीव्र बनाएको छ ।
एकीकृत समाजवादी पार्टीले धनकुटाको पाख्रिबासमा आजदेखि संगठन अभियान सुरु गरेको छ । सोही क्रममा पाख्रिबास नगरपालिका वडा नं. ४ मा वडा कमिटी गठन गरेको छ ।
आज पाख्रिबासमा भएको वडा स्तरीयले भेलाले सोम कार्कीको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा भक्तबहादुर भुजेल, सचिवमा दुर्गा भण्डारी र उपसचिवमा कर्णबहादुर राई चयन भएका छन् ।
सो भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य धर्मराज पौडेलले नेकपा एमालेको एकात्मकवादी सोचले देशलाई समस्या परेको र त्यसबाट बचाउन लागि समाजवादी पार्टी गठन भएको बताए । केन्द्रिय सदस्य पौडेलले देशको विकास र परिवर्तनका लागि नयाँ सोच बोकेको एक मात्र पार्टी एकीकृत समाजवादी पार्टी भएको बताए ।
धनकुटामा विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्ने लहर बढेको बताए । उनले धनकुटामा एमालेले भ्रष्टचारको अखडा बनाएकाले त्यसलाई भत्काउन जरुरी भएको बताए ।
gmपाख्रिबास नगर कमिटी अध्यक्ष सोवित निरौलाको अध्यक्षतामा भएको वडा स्तरीयले भेलामा नेकपा एकीकृत समाजवादी धनकुटाका सचिव खगेन्द्र सुवेदी, उपसचिव गोपाल बराइली, जिल्ला कमिटी सदस्य भीम सापकोटा, वीरबहादुर न्यौपाने, अनेरास्ववियुका केन्द्रिय सचिव सावित्री घिमिरे लगायतले पाख्रीबास नगरपालिकामा भएका भ्रष्टचारलाई उदांगो पार्न जरुरी रहेको बताए ।
प्रतिकृया दिनुहोस