एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै, संसद् प्रतिनिधिसभा बैठक बस्दै

Satta gathabandhan meeting

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।

साझा धारणा बनाउने प्रयासमा यसअघि पटक(पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ । तर सत्ता साझेदार दलहरू एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना कम छ ।

संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आजै दिउँसो १ बस्नेछ । सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन । तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव डा. बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा छलफलका लागि एमसीसी पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले यसअघि नै एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रसमेत संसदमा पेश गरेर छलफल गर्न तयार भएको नेताहरुले बताएका छन् । दलहरु एमसीसी संसद्मा पेश गर्न तयार भए पनि संसद सचिवालयले गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन ।

बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...