एमसीसीविरुद्ध सत्तारुढ दलकै कार्यकर्ताले बाले सडकमा आगो
काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।
अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।
च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
बानेश्वरमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ ।
प्रतिकृया दिनुहोस