देउवाले नमाने आजै सरकार छाड्ने माओवादीको तयारी, प्रचण्ड पुगे बावलुवाटार
काठमाडौं । एमसीसीको विपक्षमा उभिने निर्णय नेकपा माओवादी केन्द्रले एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेको छ । त्यसका लागिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।
बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ ।
माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेका छन् । यद्यपि प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि पास गर्ने पक्षमा छन् ।
प्रतिकृया दिनुहोस