संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप
काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्वीप जारी गरेको हो ।
‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्वीप जारी गरेको छ,’ कांग्रेस सांसद देवी तिमल्सिनाले भने । कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।
प्रतिकृया दिनुहोस