एमसीसीबारे गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले ओलीलाई लेखे यस्तो पत्र

Bhim rawal

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता र एवम् हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ’, रावलको भनाइ छ ।

उनले नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का बीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्ययोजनाका कैयन प्रावधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधीनता,स्वतन्त्रता, स्वभिमान तथा नेपालको संविधानविपरीत रहेको तथ्य प्रस्ट भैसकेको पनि बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...