सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

Sarbadaliye meeting 1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संसद सचिवालयमा शुरू भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू बैठकमा छन् ।

बैठकमा नेकपा एमालेको भने उपस्थिति छैन । यसअघिका सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गर्दै आएको थियो । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकको छलफल केन्द्रित हुने बताइएको छ ।

आइतबार प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेपछि यसबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै सोमबार बिहानै जनाएको थियो । सभामुखको भूमिका र सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेका नेताहरूले सर्वदलीय बैठकमा सहभागी नहुने बताएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...