हिउँ खेल्न गएका २ जना ११दिनपछि भेटिए मृत

Barpak1 hiu

गोरखा । ११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन् । गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु ११ दिनदेखि बेपत्ता थिए ।

गोरखाको बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला परेका हुन् ।

‘बाटोबाट करिब एक सय फिट तल खसेको अवस्थामा दुवै जना भेटिए,’ सोही टोलीका जीतबहादुर घलेले ‘त्यसपछि हिउँले पुरिएर हराइरहे । अहिले बल्ल हिउँ पग्लिँदै गएर देखियो।’ शवलाई साँझ गाउँमा ल्याइएको उनले बताए । उनीहरुको खोजीमा दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँजना सक्रिय थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...