मधेश सरकारले जनयुद्ध दिवस मनाउँदै, प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो ।
जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।
मधेश सरकारमा गत साउनदेखि नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । यो पार्टीले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको छ ।
प्रतिकृया दिनुहोस