पुँजीगत खर्च बढाउन शिक्षा मन्त्री देवेन्द्र पौडेलको निर्देशन

Devendra paudel

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७८(०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।

‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ’, उनले भने, ‘एक महिनाको अवधिमा ट्याकमा ल्याउने गरी काम गरौँ कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।’ साथै उनले कर्मचारीले काम गर्न खोजेको भए पनि मूर्त रूपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकोमा चिन्ता व्यक्त गरे ।

प्रक्रियामा रहेका कार्यक्रमहरू छिटो अघि बढाउन आग्रह पनि गरे । ‘घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस्’ उनले भने, ‘मन्त्रालयमा समस्या सिर्जना हुनु भनेका चुनौती हो । समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ ।’ उनले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन पनि दिए ।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तियमा ३८.८९ प्रतिशत, पुँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तीय तर्फ ३ प्रतिशत रहेको छ । यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीय तर्फ २.८२ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...