सरकारले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिन्छ : ऊर्जामन्त्री भुसाल  

23213000 730158543860389 2496198005453033774 o

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकार पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने तयारीमा रहेको बताइन् । 

सोमबार विद्युतिय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

उनले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताइन् । 

मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन् । 

अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूमा निःशुल्क इन्डेक्शन चुलो पुर्याउन सरकारसँग माग गरेको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...