आन्तरिक हवाइ उडानको भाडादर बढ्यो, कहाँ कति ?

Arsnc

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ ।

 नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ ।

हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो ।

बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँ रहेको छ । यस्तै काठमाडौं-विराटनगर २४०, काठमाडौं-पोखरा १६०, काठमाडौं-नेपालगञ्ज ३२५, काठमाडौं-भद्रपुर, काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

यस्तै माउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...