सरकार र आयोगबीच समझदारी : स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा
काठमाडौँ । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।
छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । २०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुनेछ ।
त्यसअघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो ।
प्रतिकृया दिनुहोस