भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Sher bahadur dauba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सधैँ साथ रहने वचन दिए ।

देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाएको सतर्कता केन्द्रका उपसचिव एवम् सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।

केन्द्रका सचिव सुशीलचन्द्र तिवारी नेतृत्वको प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७७/७८ को १९ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस गरेको हो । प्रतिवेदनमा केन्द्रले आर्थिक वर्षमा गरेका मुख्य काम–कारबाहीबारे उल्लेख गरिएको छ । केन्द्रद्वारा आव २०७७/७८ मा सम्पादन भएका कार्य र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा नेपाल सरकार समक्ष प्रस्तुत गरिएका सुझावसमेत समावेश गरी राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली २०६५ को नियमअनुसार प्रधानमन्त्री समक्ष प्रतिवेदन पेस गरिएको केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिवेदनमा चार परिच्छेद रहेका छन् । परिच्छेद १ मा सतर्कता केन्द्रको परिचय अन्तर्गत संस्थागत विकासक्रम केन्द्रको कार्यक्षेत्र, काम, कर्तव्य र अधिकार, सङ्गठन संरचना तथा जनशक्ति, सुशासन कायम गर्न भएका नीतिगत व्यवस्था तथा प्रयासहरु समावेश गरिएको छ ।

परिच्छेद २ मा आर्थिक वर्ष २०७७/७८ मा केन्द्रबाट सम्पादन भएका प्रमुख कार्य समेटिएको छ । परिच्छेद ३ मा भ्रष्टाचार नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष प्रस्तुत गरिएका सुझाव र परिच्छेद ४ मा उपसंहार राखिएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...