कल सेन्टरमा ठगीको सूचनापछि  श्रम मन्त्रालयको मार्सल टोलीको स्टिङ्ग अप्रेसन : म्यानपावरका सञ्चालकसहित तीन पक्राउ

Sting opreation

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीको स्टिङ्ग अप्रेसनमा म्यानपावरका सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौँको सिनामङ्गलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिएर ठगी गर्दै आएको सूचनापछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित तीन जनालाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग एक लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको मार्सल टोलीका संयोजक विष्णु लामिछानेले जानकारी दिए ।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्कालै स्टिङ्ग अप्रेसन गरिने पनि लामिछानेले बताए । अस्ति आइतवारदेखि सुरु भएको कल सेन्टरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको गुनासो गरेका थिए ।

वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने पनि मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीको क्रममा अलपत्र परेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टर ९७७१५९७००८ वा ११४१ नम्बरमा चौबीसै घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन सकिन्छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...