माघ २१ गतेभित्र खोप लगाएका व्यक्तिको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको ताकेता

Health ministry

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ताकेता गरेको छ ।

२४ लाख डोज खोप हराएको भनेर आलोचना भइरहेको बेला मन्त्रालयले आज सोमवार सूचना निकालेर आउँदो शुक्रबार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन भनेको छ ।

मन्त्रालयले निकालेको सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई डीएचआईस–२ प्रणालीमा अनिवार्य तथ्याङ्क प्रविष्ट गर्न भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...