राष्ट्रपतिलाई प्रमुख निर्वाचन आयुक्तले बुझाए राष्ट्रियसभाको अन्तिम परिणाम  

President chunab

काठमाडौँ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७।७८ तथा राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणम सहितको प्रतिवेदन पेश गरेका छन्।

राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७—०७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन पणिाम सहितको प्रतिवेदन पेश गरेको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग,नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७—०७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन पणिाम सहितको प्रतिवेदन पेश गर्नु भएको छ।’
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...