स्व. पत्रकार विश्वकर्माको न्यायको लागि प्रदर्शन
काठमाडौँ । श्रमजीवी पत्रकार सङ्घ नेपालले उपचारमा लापरबाही भएर पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिभिल अस्पतालमा प्रदर्शन गरेको छ ।
परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना दिएको हो ।
सङ्घले सिभिल अस्पतालले आफू खुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने अध्यक्ष जन्मदेव जैसीले बताए ।
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएपछि उपचारकै क्रममा ६ गते बिहीबार बिहान ३ बजे निधन भएको थियो ।
२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुन् । उनी टीभी टुडेभन्दा अगाडि इमेज टेलिभिजन, जनता टेलिभिजनमा कार्यरत थिए ।
प्रतिकृया दिनुहोस