समाजवादी प्रेस संगठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा हुने

Samgbadhi press sangathan

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट मानिएको समाजवादी प्रेस संगठन नेपालले आगामी फागुन ७ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन् ।

सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ । तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव संकलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।

महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ । १० परिच्छेदका साथै पाँच अनुसूची भएको मस्यौदा सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापक रुपमा छलफलका लागि पठाइएको छ । देशभर रहेका मातहतका संगठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि प्रेषित गरिएको छ ।

यही माघ २२ गतेभित्र सुझाव पठाउन समय सीमा तोकिएको छ । विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदा परिमार्जित गरी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी छलफलसहित पारित गरिनेछ । संगठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...