राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न सरकार तयार

Krishna sharestha

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागेको बताएका छन् ।

मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरूबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धतासमेत व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरूको समस्या समाधान हुनेगरी सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको पनि बताए ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले कर्मचारीहरूको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताए ।

श्रेष्ठले भने,‘कर्मचारी समायोजनबाट उत्पन्न समस्यालाई सरकारले समाधान गर्नका लागि तपाइहरूसँग हातेमालो गर्नेछ। त्यस्तै संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्न सरकारले चाँडै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धताका लागि पनि मन्त्रालय गम्भीर भएर लागि परेको छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...