स्व. पत्रकार एलबी बिश्वकर्मालाई देउराली फाउण्डेशनको सहयोग
काठमाडौं । अस्पतालको लापरवाहीका कारण मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको परिवारको लागि देउराली फाउन्डेशन र रेडियो हिमालयले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
फाउण्डेसनको तर्फबाट कार्यकारी निर्देशक भिम घिमिरेले शुक्रबार क्रियाशिल दलित पत्रकार संघ नेपाल (आड्जोन) ले सञ्चालन गरेको राहत अभियानमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
फाउण्डेशनसँगै लुम्बीनि फेसन इन्ड्रस्टीका राजेन्द्र विश्वकर्माले ३ हजार, पब्लिक न्यूज नेटवर्कले दुई हजार पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
आड्जोनका केन्द्रिय सदस्य २६ वर्षिय पत्रकार एलबीको उपचारको क्रममा गत माघ ६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा निधन भएको थियो । उनको २१ वर्षिय श्रीमति र पाँच वर्षीय छोरा छन् ।
प्रतिकृया दिनुहोस