कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? 

Congress samiti

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।

सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।

कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्नेछ । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ । कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ ।

यी हुन् कार्यसम्पादन समिति सदस्य

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समिति सदस्य बनेका छन् ।

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्यमा समेटिएका छन् ।

केन्द्रीय सदस्यहरूबाट शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला आनन्द ढुंगाना कार्यसम्पादन समिति भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...