अश्लील तस्बिर, भिडियो सार्वजनिक गर्दिन्छु भन्दै धम्की दिने खनाल विमानस्थल बाटै पक्राउ
काठमाडौँ । साउदीमा बसेर महिलाका अश्लील तस्बिर, भिडियो श्रीमानलाई पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक जना ब्यक्ति पक्राउ परेका छन् । कास्की रुपा गाउँपालिका - ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाललाई ब्युरोको टोलीले वैदेशिक रोजगारीबाट नेपाल फर्किँदै गरेको जानकारीका आधारमा विमानस्थलबाटै पक्राउ गरेको हो ।
ती ब्यक्तिले विदेशबाट फेसबूकमार्फत् महिलालाई साथी बनाई उनीसँगको कुराकानीमा नग्न तस्बिरहरू पठाउन धम्की दिने गरेका थिए। त्यसपछि महिलाका श्रीमान र आफन्तलाई पठाई दिन्छु भन्दै ती महिलासँग ब्ल्याकमेलिङ गररी पटक पटक सताउने र लाखौँ पैसा माग्दै धम्काउने गरेका थिए । तर , धेरै पटक महिलालाई धम्काउने र सताएपछि ती महिलाले साइबर अपराधमा जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले ती ब्यक्तिलाई विदेशबाट आउँदै गरेको जानकारीको आधारमा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिकृया दिनुहोस