धनकुटामा क्रियालिश सत्तारुढ दलहरुले मुख्य मन्त्रीलाई ध्यानाकर्षण सहित ११ बुदे माग बुझाए
धनकुटा । विराटनगर १४ माघ,धनकुटाको विकास र समृद्धीका लागी धनकुटामा क्रियाशिल सत्तापक्षिय राजनैतिक दलहरुले आज १ नम्वर प्रदेशका मुख्य मन्त्री र प्रदेश मन्त्रीहरुलाई ध्यानार्कषण सहित ११ बुदे ज्ञापनपत्र बुझाएका छन ।
धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी नबनाएर धनकुटाको विकासको गति रोएिको र धनकुटामा शुन्यता छाउदै गएको र धनकुटावासीहरुलाई ठूलो अन्याय भएकोले धनकुटाको विकास र समृद्धीका लागी धनकुटामा क्रियाशिलसत्ता गठबन्धन दलहरुले नम्वर प्रदेशको मुख्य मन्त्रीको कार्यालय विराटनगरमा मा गई मुख्य मन्त्री राजेन्द्र राईको गंभिर ध्यानकर्षण गराउदै ११ बुदे ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा जिल्ला अस्पताल कोशी पहाडी चार जिल्लाका विरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले बिशेषज्ञ स्वास्थ्य सेवासहित यस अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय शैयाको अस्पतालमा रुपान्तरण गर्न र धनकुटामा मेडिकल कलेज स्थापना गर्नका लागी आवाश्यक प्रक्रिया अगाडी बढाई दिन आग्रह गर्दै धनकुटामा क्रियाशिल सत्ता गठबन्धन दलहरुले मुख्य मन्त्री राईलााई ११ बुदे माग पत्र बुझाएका हुन ।
मुख्य मन्त्री राईलाई नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई,सविच विजय सन्तोषी राई,प्रदेश सांसद लिला सुब्बा,नेता आनन्द सन्तोषी राई,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ,केन्द्रिय सदस्य धन माया विक,प्रेम दलाहाङ्ग,नयन श्रेष्ठ,जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बल वहादुर राई,प्रदेश सांसद आर सि तुम्बा,नेकपा एकिकृत समाजवादी धनकुटका इञ्र्चाज धर्मराज पौडेल,संघिय लोकतान्त्रिक मञ्च धनकुटका इञ्र्चाज चन्द्र सिंह नेम्वाङ्गले मुख्य मन्त्रीको कार्यालय विराटनगरमामा भेटघाट गरी ११ बुदै माग पत्र बुझाउनु भएको थियो ।
सो अवसरमा मन्त्री राजेन्द्र राईले धनकुटाको ज्ञापन पत्र ग्रहण गर्दै धनकुटाको गौरवभय इतिहास मेट्न नदिने बताउदै धनकुटको विकास र समृद्धीका लागी प्रदेश सरकारले महत्वपूर्ण सहयोग गर्ने र मागहरु पुरा गर्दै जाने वताउनु भयो ।
धनकुटामा क्रियाशिल सत्ता गठबन्धनले धनकुटा जिल्लामा दिनप्रतिदिन तीव्र रुपमा कोरोना भाईरस महामारीको रुपमा फैलिदै गएकाले माननीय मुख्य मन्त्री ज्यूको गंभीर ध्यानार्कषण गराउँदै धनकुटा जिल्लाका लागी पप्यात्त मात्रमा कोरोनाविरुद्धको खोप र स्वास्थ्य समाग्रीहरु उपलब्ध गराउन माग गदै धनकुटा नगरपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र हिले बजारमा नगरस्तरीय अस्पताल स्थापना गर्न समेत माग गरेको छ । साथै धनकुटामा प्रदेश स्तरीय १ सय बेडको आर्यूवेदिक अस्पताल खोल्न समेत माग गरेका प्रदेश सांसद लिला सुब्बाले वताउनु भयो ।
ज्ञापन पत्रमा धनकुटा जिल्ला अस्पतालमा भेन्टिलेटरसहित १० वेडका आईसियू कक्ष स्थापना भएपनि दक्ष जनशक्तिको अभावमा थन्किएर रहेकाले संचालनका लागि जनशक्तिसहित २ जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन हुन आग्रह गरेको नेकपा एकिकृत समाजवादी धनकुटका इञ्र्चाज धर्मराज पौडेलले वताउनु भयो ।
यसैगरी धनकुटा जिल्लाको छ वटा पालिकाहरुको अस्पतालहरुको स्तरउन्नती गरी सवै पालिका अस्पतालहरुलाई २५ वेडको अस्पतालहरु बनाई स्तरोन्नती गरी साधनस्रोत सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य सेवाका लागी व्यवस्था गरिदिन हुन मुख्य मन्त्री समक्ष अनुरोध गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सांसद कुसुम कुमारी श्रेष्ठले वताउनु भयो ।
टोलीले धनकुटामा रहेको मुख्य मन्त्रीको सम्र्पक कार्यालयमा कम्तिमा दुई महिनामा एक पटक प्रदेश मन्त्री परिषदको बैठक वस्ने व्यस्था गर्न र महिनाको एक पटक कम्तिमा मुख्य मन्त्री धनकुटामा रहेको सम्र्पक कार्लालयमा आई सम्पर्क कार्यालयबाटै काम गर्ने वातावरण तयार गर्न मुख्य मन्त्री ज्यू समक्ष जोडदार माग गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले बताउनु भयो ।
उक्त प्रतिनिधि मण्डलले धनकुटा नगरपालिकाको वडा नं. ९ को बेलहारा डाँडामा एयरपोर्ट निर्माणका लागी डीपीआर समेत भैसकेकोले तत्काल उक्त स्थानमा एयरपोर्ट निर्माण गर्न माग गर्दै धनकुटा जिल्लामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय ,शिक्षा निर्देशनालय,प्रदेश स्वस्थ्य तालिम केन्द्र तत्काल र रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटालाइ प्रदेश राजधानी विराटनगर सार्ने तयारी गरिरहेकोमा यस कार्यालयलाई तत्काल रोक्न मुख्य मन्त्री ज्यू समक्ष जोडदार रुपमा अनुरोध गरेको जनता समाजवादी धनकुटका अध्यक्ष बल वहादुर राईले वताउनु भयो ।
धनकुटाबाट गएको सत्ता गठबन्धन दलको टोलीले मख्य मन्त्री समक्ष धनकुटामा रहेको प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्रका रुपमा स्थापना गर्न माग गर्दै संघिय सरकारले २०७४ माघमा राष्टिय सहिद घोषणा गरेका धनकुटा छिन्ताङ्ग काण्डमा साहत प्राप्त गर्नु भएका र प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलनका धनकुटाका २९ जना सहिदहरुका परिवारलाई र जनयुद्धका सहितहरुलाई तत्काल राहत उलब्ध गराउन र सहिद परिवारलाई रोजगारको व्यवस्था गर्न जोडदार माग गरेको छ । साथै धनकुटा सहिद स्मृती प्रतिष्ठानलाई वजेट उपलब्ध गराई दिन हुन अनुरोध समेत गरेको छ ।
धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. ८ याक्ते,सहिदभूमी गाउपालिक वडा नं. ७ गैरी टोल र सागुरीढी गाउपालिका वडा नं. ६ को मजुवाको ,पाख्रिवास नगरपालिका वडा नं. १ कुल वहादुर थापा सहितको तल्लो सान्ने पिपल बोट टोलको चार वटा घर ,चौविसे गाउपालिका वडा नं. ७ लोफादिनको पहिरोबाट विस्तापित परिवारलाई स्थानान्तरण गर्न केन्द्रबाट बजेट बिनियोजित भै आईसकेको र प्रदेश सकारबाट पठाउन बाकी भएकाले प्रदेश सरकारबाट पठाउन बाकी रकम अभिलम्ब पठाई बसोवासको व्यवस्था गर्न समेत माग गरिएको नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले वताउनु भयो ।
धनकुटामा क्रियाशिल सत्ता गठबन्धन दलहरुको टोलीले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र समाजिक विकास मन्त्री जयराम यादव संग पनि विराटनगरमा भेटघाट गरी धनकुटको विकास र समृद्धीका लागी छलफल गरी माग पत्र बुझाईएको नेकपा माओवादी केन्द्र धनकुटामा अध्यक्ष ऋषिराम ढंगानाले वताउनु भयो ।
प्रतिकृया दिनुहोस