काठमाडौँबाट कारोबार मिलाउन हिँडेका श्रेष्ठ मोरङको उखुबारीमा गाडिए

Morang ukhubari

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–७ मा उखुबारीमा दुईजनाको शव फेला परेको छ ।
बुधबार प्रहरीले उखुबारीमा उत्खनन् गरेर दुईजनाको शव निकालेको हो ।

दुईजना पुरुषको शवमध्ये एकजनाको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान हुन बाँकी छ । खेतमा उखु काट्न गएका किसानले खाल्डो खनेको रगतजस्तो देखेपछि  प्रहरीलाई खबर गरेका थिए । 

किसानकै खबरको आधारमा घटनास्थल आइपुगेको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले खाल्डो उत्खनन् गर्दा एकजना पुरुषको शव फेला परेको थियो । एक जनाको शव फेला परे नजिकै रहेको अर्को खाल्डोमा पनि प्रहरीले अर्को शव भेटाएको थियो ।

अनुसन्धानकै क्रममा एक शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । अर्को शवको पहिचान हुन सकेको छैन । श्रेष्ठ केही वर्षअघि धरानमा सुनको व्यापार गर्दै आएको र पछिल्लो समय काठमाडौं बस्दै आएको खुलेको प्रवक्ता राईले बताए ।

शवको साथमा भेटिएको कागजात अनुसन्धान गर्दा श्रेष्ठको सनाखत भएको हो । उनको मोवाइल एक महिनादेखि अफ थियो । श्रेष्ठ काठमाडौँबाट परिवारका सदस्यलाई कारोबार मिलाउनु छ भन्दै धरान जाने भनेर निस्किएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी प्रहरी अनुसन्धानमा सक्रिय रहेको बताउँछन् ।अपहरणपछि श्रेष्ठ र अर्का एकजनाको हत्या भएको हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ ।

तर, उनीहरु हराएकोबारे प्रहरीका अन्य निकायमा कुनै सूचना नभएको पाइएको छ । दुवै शवको घाँटीमा डोरीले बाँधेको छाप र एक शवको हात बाँधिएको पाइएको छ । दुवै शव गलाउन खाल्डोमा नुन प्रयोग गरिएको पाइएको छ ।

दुवै शव एकै समयमा खाल्डोमा गाडिएजस्तो प्रकृतीको रहेको एसपी जिसीले बताए ।प्रहरीले पहिचान नभएको अर्को शवको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार खाल्डोभित्र घुडा टेकाएर राखेको र प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको हो । प्रहरी अधिकारीहरुका अनुसार खाल्डो गहिरो खनिएको छ । सँगै फेला परेको अर्को शव श्रेष्ठकै चिनजानको व्यक्तिको हुनसक्ने प्रहरी आशंका छ । 

  


  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...