निर्वाचन आयोगले चुनावबारे कानुन मन्त्रालयसँग छलफल गर्ने

Nirwachan aayog  321

काठमाडौँ । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानुन मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानु संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ । त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्तालगायतसँग छलफल गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...