सार्वजनिक स्थलमा मजाक र प्राङ्क गर्नेलाई गृह मन्त्रालयले दियो कडा चेतावनी

Griha mantralaya

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ ।

मजाक र ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ ।

गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्तिमार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो‚ भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो ।

‘व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन् ।

मन्त्रालयले सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न नमिल्ने जनाएको छ ।

यदि कसैले त्यस्तो गरे कानुनबमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...