राष्ट्रियसभाको परिणामपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता  

Rastrapati bhandari pm deuba

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

बुधबार सातै प्रदेशमा राष्ट्रियसभाको परिणाम आएको भोलिपल्ट बिहीबार दिउँसो ३ बजेदेखि चार बजेसम्म प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग संवाद गरेका हुन्। १९ सिटका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले १८ सिटमा जित निकालेको छ।

राष्ट्रियसभामा अब सत्तारुढ गठबन्धन दुईतिहाइ बहुमत नजिक छ। यस्तो अवस्थामा राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवादलाई अर्थपूर्ण मानिएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले बताएका छन्।

‘उहाँहरूबीच करिब एक घण्टा छलफल भएको छ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रपतिज्यूसमक्ष सरकारका नियमित काम कारबाहीबारे जानकारी गराउनु भएको छ।’

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ताको पुष्टि प्रधानमन्त्री देउवाको सचिवालयले पनि गरेको छ। संसदमा करिब साढे ३ महिनादेखि प्रमुख प्रतिपक्षी दलको अवरोध छ। संसद खुलाउने प्रधानमन्त्रीको प्रयास सफल हुन सकिरहेको छैन।

यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग संवाद गरेका हुन्। पछिल्लो समय स्थानीय तहको निर्वाचनलाई लिएर सत्तारुढ र प्रतिपक्षबीच पनि विवाद चलिरहेको छ।

प्रतिपक्षी एमालेले वैशाखमै स्थानीय निर्वाचन गर्नुपर्ने अडान लिएको छ भने सत्तारुढ पाँच दल आगामी असोजदेखि फागुनसम्म तीनै तहको निर्वाचन गर्ने गरी संविधान संशोधन तयारीमा लागेका छन्।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन २०७४ असोज २ मा भएको थियो। तेस्रो चरणमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा भएपछि निर्वाचन गर्ने गरी संविधानसँग बाझिएको निर्वाचन कानुन संशोधन तयारीमा गठबन्धन जुटेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग कुरा गरेका हुन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...