उपचार नपाई मृत्यु भएका पत्रकार विकको परिवारलाई राहत र रोजगारीको व्यवस्था गर्न माग

Birodh khatioda

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालले पैसाको अभावमा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्मा (एलवि) को परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेको छ ।\

स्वास्थ्यमा अचानक समस्या देखिएपछि माघ ५ गते बुधबार राति नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न विश्वकर्मालाई लगिएको थियो । तर अस्पतालले पैसा अपुग भएको भन्दै स्वास्थ्य परिक्षण नगरी पाटन अस्पताल रेफर गरेको थियो । सोही अस्पतालमा बिहीबार बिहान उनको मृत्यु भएको थियो ।

अस्पतालको लापरवाहीले गर्दा नै पत्रकार विकको मृत्यु भएको भन्दै संघले लापरवाही गर्ने अस्पताल प्रशासनलाई कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष गोपाल बराइलीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाउँदै पत्रका मृत्यूको छावनीन गरी कारवाही र पीडित परिवारलाई राहत उपलब्ध गराउन स्वास्थ्य मन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।

बिहिबार ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले सो घटनाको सत्यतथ्य छानविन गरी पीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने, मृतक पत्रकार विश्वकर्माको नाबालक बच्चाको उचित शिक्षाको प्रवन्ध मिलाउनुपर्ने, विश्वकर्माको श्रीमतिलाई जिविकोपार्जनमा सहयोग पुग्नेगरी स्थायी रोजगारीको व्यवस्था गर्न माग गरेको छ ।

मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाउन संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, महासचिव लक्ष्मण दर्नाल, सचिवहरु रीता बुढाथोकी, बिरु नेपाली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य सरिता बराइली, संघका बाजुराका उपाध्यक्ष धर्म सुनार लगायत सहभागी भएका थिए ।

संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले सरकारले कोरोनाको निःशुल्क उपचार गरिरहेका अवस्थामा पत्रकार पत्रकार एलबी विश्वकर्माको मृत्यु कसरी हुन पुग्यो भनेर अस्पतालसँग बुझ्ने परिवारलाई राहत दिने र सम्भावित सहुलियत गर्न सक्ने कुरामा पहल गर्ने प्रतिवद्धता जनाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...