बालाजुमा दुइवटा गाडीको बीचमा च्यापिएर चालकको मृत्यु
काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र दुईवटा ग्याँस बोक्ने बुलेटको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ।
एनएल ०२ क्यू ३७२९ नम्बर बुलेटका चालक भारत कोलकत्ताका ४५ वर्षीय दिलीप राजवंशीको बिहीबार बिहान मृत्यु भएको हो।
औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्याँस कम्पनीको अगाडि ग्याँस अनलोड गरी पार्किङ गरी राखेको एनएल ०२ क्यू ३७२० नम्बर र एनएल ०२ क्यू ३७२९ नम्बरको बुलेटमा च्यापिएर राजवंशी गम्भीर घाइते भएका थिए।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएकामा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
एनएल ०२ क्यू ३७२० नम्बरको गाडीका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस