यूएईका राजदूत र श्रममन्त्री श्रेष्ठबीच भेटवार्ता, युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न अपिल

Sram mantri uae  radt

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा हिजो भएको भेटमा उनीहरुबीच द्वीपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।

अवैधानिक रुपमा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालकहरु, बिचौलिया  तथा लामो समयदेखि यूएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनिहरुलाई कानुनी दायरामा ल्याउन यूएई सरकारबाट सहयोगको अपेक्षा गरे ।

मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा यूएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुञ्जेल त्यहीँ रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गरे । त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरे । 

राजदूत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए ।

साथै उनीहरुबीच नेपाल–यूएई संयुक्त समितिको बैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो । ‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, दलाल  तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनीहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्ब द्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...