कर्मचारीमा कोरोना संक्रमण भएपछि पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित
काठमाडौँ । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवा स्थगित गरिएको छ ।
कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि माघ १६ गतेसम्मका लागि नियमित सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।
केही कर्मचरी सङ्क्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ ।
जिल्लामा पछिल्लो समय सङ्क्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ ।
प्रतिकृया दिनुहोस