निसास्सिएर दुईजनाको मृत्यु
काठमाडौँ । न्यानोका लागि बालिएको आगोका कारण निसास्सिएर काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।
बुधबार राति घर भित्र न्यानोका लागिथ आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक सञ्जय स्यांबोले जानकारी दिए ।
थिङ दम्पत्तीका छोरा शुनिल भने जीवित छन् । बिहीबार बिहान बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । अहिले शव पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस