दलित आन्दोलनका अनवरत योद्धा, जो पार्टीको होलटाइमर कार्यकर्ता हुँदै पुगे राष्ट्रियसभामा

Rajesh bk

काठमाडौं । यो त पार्टीको झोले कार्यकर्ता हो, यसको काम छैन । भन्नेहरु धेरै थिए । पार्टीको कामको लागि घर त्यागेर हिड्दा यसले गरिखाँदैन भन्नेहरु कयौ थिए । त्यति मात्रै होइन, मोहन विक्रम सिंहको चेला हो, यसको काम छैन ।

त्यति मात्र कहाँ हो र ? यिनीहरुले सधैं सिद्धान्तको मात्रै कुरा गर्छन्, पदमा पुग्ने सम्भावना नै भनेर खिसिटिउरी गर्नेहरु धेरै छन् । तर, लामो समयदेखि दलित आन्दोलनमा लागे तुलप्रसाद विश्वकर्मा अर्थात् राजेश विश्वकर्माले पार्टीको झोले कार्यकर्ता बनेकै कारण आज राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।

विसं. २०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पद्दा पढ्दै राजनीतिमा जोडिन पुगेका थिए । विश्वकर्माको अध्ययन गलकोट माविमा भयो । पीएन क्याम्पस पोखरामा आईएसम्म पढेपछि केही वर्ष शिक्षण पेसामा समेत उनी लागेका थिए । उनले २०३१ सालदेखि सितलपाटीमा प्रधानाध्यापक भएर काम गरेका थिए ।

त्यसपछि भेडीखर्क प्राविमा काम गरे । २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए । त्यसयता उनले राजनीतिक यात्रालाई कहिले विश्राम लिएका छैनन् ।

उनले पार्टीको होलटाइमर कार्यकर्ता नबन्दासम्म २०३५ सालसम्म पढाएका थिए । होलटाइमर बनेपछि पार्टी केन्द्रीय कार्यालयले भारतमा संगठन निर्माणका लागि उनलाई खटाएको थियो । सुरुमा भारतको मद्रासमा नेपालीहरुको संगठन एकता समाजमा तीन वर्ष काम गरेपछि उनलाई पार्टीले सरुवा गरेर दिल्ली र पञ्जाबमा पनि पुर्याायो । त्यही बीचमा पार्टीको युवा मोर्चा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा बन्यो, जसको महासचिव बनेर उनले काम गरे ।

४६ वर्षदेखि राजनीतिमा संलग्न रहेका विश्वकर्मा ५ वर्ष शिक्षक भएर काम गरेका थिए । स्नातकसम्मको अध्ययन गरेका विश्वकर्मा नेपालमा पटक पटक गरी २०४६ सालको आन्दोलनको क्रममा भारतमा पक्राउ गरेका थिए । उनलाई नयाँदिल्लीस्थित ३ महिनासम्म तिहाड जेल राखिएको थियो ।
उनी पहिलेदेखि नै राजनीतिमा इमान्दार व्यक्ति थिए । नेपालमा बाहेक उनले भारतमा समेत राजनीतिक गतिविधि गरेका थिए । प्रवासी नेपाल एकता मञ्चअन्तर्गत आन्ध्र प्रदेश, कर्नाटक र केरला कमिटीमध्ये उनी तत्कालीन केरलाबाट प्रतिनिधित्व गर्थे ।

नेपालको जनवादी गीत संगीतमा रक्तिम अभियान परिवारको बेग्लै पहिचान छ । उनी रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष हुन् । जसमा जीवन शर्मा र मणि थापा सदस्य थिए । उनी कलाकार पनि हुन् । रक्तिम साँस्कृतिक भाग १ देखि ३ सम्म उनका गीत छन् ।

उनी लगातार दलित आन्दोलनमा छन् । उनी राजमोको भ्रातृ संगठन जातीय समता समाजका केन्द्रीय अध्यक्षसमेत हुन् । २०४५ सालमा स्थापना भएको जातीय समाजमा ६ वर्ष बाहेक विश्वकर्मा नै समाजको प्रमुख रहँदै आएका छन् ।

उनको प्रतिनिधित्वसँगै संसदीय व्यवस्थामा भाग लिएको २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पहिलो पटक माथिल्लो सदन राष्ट्रिय सभामा आफ्नो सांसद निर्वाचित गर्ने अवसर पाएको छ ।

२०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका तुलबहादुर विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित भएका हुन् । विश्वकर्मा लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

रुपन्देहीका विश्वकर्माले एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गरेका हुन् । विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे । सुनारले ३ हजार ३४८ मत ल्याइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...