एमाले निकट मुक्ति समाज रसुवामा गयो पहिरो, अध्यक्ष नै समाजवादीमा प्रवेश
काठमाडौं । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज रसुवाका अध्यक्ष गणेश नेपाली सहितका नेताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
समाजवादी यात्रालाई अझ मजबुत बनाउने भन्दै नेकपा एमाले परित्याग गरी मुक्ति समाज रसुवाका अध्यक्ष नेपालीसहित नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी सदस्यहरु समेत एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालयमा स्वागत गरे । केन्द्रिय कार्यालयमा भएको प्रवेश कार्यक्रममा पार्टीको जिल्ला इन्चार्ज, प्रदेश सदस्य सदस्यहरु, जिल्ला पार्टी सचिव लगायतका अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमाले निकटमा मुक्ति समाज नेपालका नेताहरु गुटबन्दी गर्ने, गुटभन्दा पनि नेता विशेषको चाकडीमा लुप्त हुने र दलित मुक्तिआन्दोलनलाई धोका दिएको हुनाले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले बताए । साथै, एमालेमा १०औं महाधिवेशनपछि थप स्खलन आएको हुनाले आफूहरुले पार्टी त्याग गरेको नवप्रवेशी गणेश नेपालीले बताए । उनले रसुवा जिल्लाको दलित आन्दोलनको पुनर्गठन गर्दै नयाँशिराबाट अघि बढाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस