राष्ट्रियसभाका १९ वटै सिट सत्ता गठबन्धनले जित्ने माधव नेपालको दाबी

Mahadev nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् ।

एकै पटक निर्वाचन गरे उम्मेदवारको पनि खर्च कम हुने उनको भनाई छ । उनले संविधानलाई सर्वोपरि राखेर कानुनअनुरूप नै निर्वाचन हुनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गरे ।

अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सबै सिट गठबन्धन दलले जित्ने पनि दाबी गरेका छन् । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरंग पैदा गर्ने उनको भनाई छ ।

त्यस्तै उनले केपी ओली अल्पमतमा पर्ने भएपछि संसद् विघटन गरेको र त्यसपछि बाध्यताले प्रधानमन्त्री पद छोड्न बाध्य भएको जिकिर गरे । अध्यक्ष नेपालले केपी ओलीमा व्यक्तिवाद हाबी भएको र पार्टीलाई गुटको आधारमा सञ्चालन गरेकाले आफूहरूले विद्रोह गर्नुपरेको बताए ।

उनले पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको लहर नै चलको बताएका छन् । कार्यक्रममा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई समाजवादी प्रवेश गराइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...