राष्ट्रिय सभा चुनावको मतदान जारी, आजै नतिजा सार्वजनिक गर्ने आयोगको तयारी

Nirwachan aayog  321

काठमाडौं । राष्ट्रिय सभा चुनावको मतदान जारी छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो ।

राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म बुधबारै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रदेश सभा निर्वाचनमा सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।

चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...