सिके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी तोडफोड, मेयर प्रसाईं घाइते

Ckraut lafada

काठमाडौँ । धनुषाको जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले मेयर सवार गाडी तोडफोड गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमा तोडफोड हुँदा प्रसाईं घाइते भएका छन् । मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादैँ गरेका थिए।

प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ । जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...