स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै आयोगले स्थानीय तहको निर्वाचन मिति चाँडै तय गर्न भनेको हो ।
निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको विज्ञप्तीमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस