एमालेमा सकारात्मक सोच नै छैन्, सबैतिर वितण्डा मच्चाउने काम मात्रै गर्छ : नेता नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट जनताले केही आशा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् । उनले एमालेले जहिल्यैपनि वितण्डामात्रै मच्चाउने काम गरेको पनि उल्लेख गरेका छन् ।
उनले भने,‘केपी ओलीको गुटले सबैतिर वितण्डा मच्चाईरहेको छ । उसलाई वितण्डामात्रै मच्चाउन मन लाग्छ । किनभने सकारात्मक सोच छैन् । उसलाई निर्मण गर्नुछैन, ध्वंश मात्रै गर्नुछ । संविधानको रक्षा गर्नुछैन्, संविधानको अक्षर र भावनालाई समाप्त पार्नुछ । लोकतन्त्रलाई धुजा–धुजा पार्नुछ । गणतन्त्रलाई कमजोर बनाउने उसको, प्रतिपक्षीबाट आशा गर्ने ठाउँ रहेन ।’
उनले आफूहरुले लोकतन्त्र जोगाउन चाहेको सुनाए । उनले भने,‘हामी गणतन्त्र जोगाउन चाहन्छौं । नेपाली सबै सन्दर्भमा पाँच दल मिलेर अघि बढिरहेका छौं, आउने असोज, कार्तिक, मंसिर महिनाम्म केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा जानेछौं ।’
प्रतिकृया दिनुहोस