प्रधानमन्त्री देउवाले भोलि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने

Ser bahadur deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

एक मन्त्रीले दिएको जानकारीअनुसार स्थानीय तहको निर्वाचनबारे छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई भोलि बालुवाटारमा बोलाएका छन् ।

पछिल्लो समय स्थानीय तहको निर्वाचन सार्नेगरि सत्तारुढ गठबन्धनले छलफल थालिरहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने यसको चर्को विरोध गरेको छ । उसले निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने पनि चेतावनी दिएको छ ।

तर, सत्तापक्षीय गठबन्धनले भने तीनै तहको निर्वाचन एकै चरणमा गर्नेगरि छलफल अघि बढाएको र यसको लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि तयारी थालेको छ ।

निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई छ । निर्वाचन आयोगले त तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने भन्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...