आइओएमको आजबाट हुने सबै परीक्षा स्थगित
काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले सोमबार आजबाट सुरु हुने सबै परीक्षा स्थगित गरेको छ ।
कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको आइओएमले जनाएको छ ।विद्यार्थीहरुले चोतर्फी विरोध गरेपछि परीक्षाको अघिल्लो दिन आइतबार मात्र आइओएमले परीक्षा स्थगन भएको सूचना निकालेको हो ।
आइओएमले अर्को सूचना निकाले पुनः परीक्षाको नयाँ मिति सार्वजनिक गर्ने पनि जनाएको छ ।
प्रतिकृया दिनुहोस