काठमाडौँ उपत्यकामा संक्रमण बढेको बढ्यै, थप ३ हजार ७९१ जनामा कोरोना पुष्टि

Kathmandu valley

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर ६ हजार ४६२ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ।

यस्तै आज १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर तथा ४ हजार ६० एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...