आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको राप्रपाको ठहर  

Rajendra lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णय पूर्वाग्रही भएको ठहर गर्दै कानुनी र राजनीतिक उपचार खोज्ने साथै यसबारे उपयुक्त समयमा आयोगलाई जवाफ दिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले कुनै पनि राजनीतिक दललाई विचारको आधारमा प्रतिबन्ध लगाउन नपाइने व्यवस्था हुँदा पनि आफ्नो दलका बारेमा अनावश्यक विषयमा प्रश्न उठाउने अधिकार आयोगलाई नरहेको बताए । उनले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि आयोगले दिएको निर्देशन मान्य नहुने स्पष्ट पारेका छन् ।

आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संशोधन गरेर पुनः पठाउन निर्देशन दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...