भक्तपुरमा निसासिएर तीन महिने शिशुको मृत्यु, बुबाआमा बेहोस  

Download

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका(४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ ।

शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।

गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । बेहोस भएका तीन जनामध्ये शिशुको ज्यान गएको र दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...