एमाले अध्यक्ष ओली र पत्नी राधीकालाई कोरोना सङ्क्रमण
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । उनकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उनीहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको ओलीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस