मधेश प्रदेशबाट चुच्चे नक्सा नै गायव : मन्त्री भन्छन्, भुलवस भएछ, सच्याउँछौं
काठमाडौं । मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको विषयलाई लिएर चौतर्फी चासो बढेको छ ।
मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त राजपत्रमा चुच्चे नक्सा नदेखिएपछि सार्वजनिक चासो बढेको थियो ।
मधेस प्रदेशले प्रकाशित गरेको राजपत्रमा चुच्चे नक्सा गायब भएपछि यो विषय यत्तिबेला सामाजिक सञ्जालमा चर्चामा छ । धेरैले नक्सामा चुच्चो गायब भएको भन्दै आपत्ति जनाएका छन् ।
मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो ।
प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो ।
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटि पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।
‘नेपालको पुरानै नक्सा राखेर भुलवस राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौं,’ मन्त्री साहले भने । उनका अनुसार प्रावधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।
प्रतिकृया दिनुहोस