भगवती लेमिनेट्ससँग कच्चाबिलमार्फत करोडौंको कारोबार गर्ने डिलरको धमाधम पोल खुल्दै

Nepey 27

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिसँग मिलेमतो गरी सरकारलाई करोडौं रुपैयाँ राजस्व ठगी गर्ने विभिन्न डिलर कम्पनीको पनि धमाधम पोल्न खुल्न थालेको छ ।

भगवती लेमिनेट्सको ‘ट्याक्स प्लानीङ’ (राजस्व छली धन्दा)मा सघाउ पु-याई राज्यलाई ठग्दै आइरहेका दर्जनाै डिलर राजस्व अनुसन्धान विभागको अनुसन्धान घेरामा तानिने भएका छन् । दर्जनौं डिलर भगवती लेमिनेट्सको राजस्व छली धन्दाको ‘मतियार’ बनेको भन्दै उनीहरूलाई राजस्व अनुसन्धान विभागले छानबिन घेरामा राखेको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ अनुसार राजस्व चुहावट कसुरमा मतियार बनेको पाइए मुख्य अभियुक्तको भन्दा आधा सजाय हुने व्यवस्था छ । मुख्य अभियुक्तलाई भने कसुरको प्रकृति हेरी १ करोडदेखि १० करोड रुपैयाँसम्म बिगो र एक महिनादेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

करोडौं राजस्व छली गरेको प्रारम्भिक आधार फेला परेपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रालिको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा एक साताअघि छापा मारी राजस्व छलीसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । भगवती लेमिनेट्सले वास्तविक कारोबारका लागि ‘कच्चाबिल’ र भ्याटका लागि ‘पक्काबिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ ।

भगवती लेमिनेट्सँग कच्चा बिल र पक्का बिलमार्फत कारोबार गर्दै राजस्व छली कार्यमा संलग्न हुँदै आइरहेका केही थप डिलरहरूको सूची राजधानीले फेला पारेको छ । यसअघि ललितपुरको सानेपास्थित सुरज फर्निचरलगायतका डिलरहरूसँग पनि भगवती लेमिनेट्स प्रालिले कच्चा बिलमार्फत कारोबार गरी राजस्व छली गरेको खुलासा भएको थियो ।
भगवती लेमिनेट्सले ‘पक्काबिल’का रूपमा कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चाबिल वास्तविक कारोबारका लागि प्रयोग गर्ने गरेको छ ।

सो प्रालिले कच्चा बिलको भुक्तानी लिँदा व्यक्तिगत नाममा लिने गरेको छ । यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’आदि लेखेर व्यवस्थापन गर्ने गरिएको छ । भगवती लेमिनेट्स प्रालिले कच्चा बिलमार्फत कारोबार गर्दा विभिन्न डिलरहरूलाई भुक्तानीका लागि सो प्रालिका कन्ट्री म्यानेजर विकास सिंहको नाममा चेक काट्न लगाउने गरेको छ । डिलरहरूले पनि प्रालिको नाममा चेक नकाटेर विकास सिंहकै नाममा काट्ने गरेका छन् । यसो हुँदा भगवती लेमिनेट्सले लाभकरमा समेत छली गर्ने गरेको पुष्टि भइसकेको छ । भगवती लेमिनेट्सका प्रमुख सञ्चालक विष्णु मधगोरिया हुन् ।

राजधानीखोजका क्रममा भगवती लेमिनेट्ससँग कच्चा बिलमार्फत कारोबार गरी राजस्व ठगीको सारथी बनेका काठमाडौंका अन्य डिलरहरूको पनि नाम प्राप्त भएको छ । जसअनुसार काठमाडांैका सुपर नोमा ट्रेडर्स, आँचल ट्रेडर्स, एभरेस्ट काष्ठ, श्रेष्ठ इन्टरप्राइजेज, मौलाकालिका प्लाइउडले भगवती लेमिनेट्ससँग कारोबार गर्ने क्रममा कच्चा बिलमार्फत कारोबार गर्दै आइरहेको पाइएको छ । यसैगरी काठमाडौंकै फस्ट च्वाइस प्ले सेन्टर, हार्डवेयर बुटिक, श्रद्धा सप्लायर्स, जयकालिका काष्ठ उद्योग, फस्ट च्वाइस प्ले सेन्टरलगायतका डिलरहरूले पनि कच्चा बिलमार्फत कारोबार गरेको प्रमाण राजधानीले फेला पारेको छ । अन्य डिलरहरूको यस्तो गलत कारोबार धन्दाको सूची र विवरण आउने क्रम जारी छ ।

केही डिलरहरूले भने भगवती लेमिनेट्सबाट ल्याइएका प्लाइउड सामान ड्यामेज भएको पाइएपछि त्यहाँबाट सामान ल्याउन छोडेको बताएका छन् । जयकालिका काष्ठ उद्योगका सञ्चालक राजेश गिरिले पछिल्लो समय आपूmहरूले भगवती लेमिनेट्सबाट प्लाइउड सामान ल्याउन छोडेका बताएका छन् । उनले त्यहाँबाट आएका सामान ड्यामेजसमेत हुने गरेको बताए । उनले कच्चा बिलको कारोबार आपूmबाट नभएको दाबी गरे । ‘धेरै ठूलो कारोबार गर्नेहरूले कच्चा बिल र पक्का बिल बनाउने काम गरेको हुन सक्छन् तर मैले त सानो कारोबार गर्ने गरेकाले त्यस्तो काम गरेको छैन,’ गिरिले राजधानीसँग भने । अन्य केही डिलरहरूसँग सम्पर्क गर्ने प्रयास भए पनि सम्पर्क हुन सकेन ।

स्रोतका अनुसार भगवती लेमिनेट्ससँग कच्चा बिलमार्फत करोडांै रुपैयाँ राजस्व छली गर्ने कार्यमा सहयोग पु¥याउने डिलर’bout राजस्व अनुसन्धान विभागले पनि सूचना संकलन कार्य थालेको छ । विभागका एक अधिकारीका अनुसार भगवती लेमिनेट्समाथि अनुसन्धान हुने क्रममा उसलाई सहयोग गर्नेहरूमाथि समेत गम्भीरतापूर्वक छानबिन गरिनेछ ।

भगवती लेमिनेट्सले अनेक प्रपञ्च गर्दै राजस्व छली गरेको समाचार राजधानीले लगातार प्रकाशित गर्दै आइरहेको छ । राजधानीमा समाचार प्रकाशित भएपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रालिमाथि छानबिन गर्न इटहरीस्थित कार्यालयलाई पत्राचारसहित निर्देशन गरेको थियो । विभागको सोही निर्देशनअनुसार इटहरीस्थित कार्यालयले भगवती लेमिनेट्समा छापा मारी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको थियो । भगवती लेमिनेट्ससँग मिलेमतो गरेका डिलरहरूले पनि सरकारलाई राजस्व छली गर्दै आइरहेकाले ती डिलरमाथि समेत छापा मार्नुपर्ने स्थिति आउने विभाग स्रोतले जानकारी दियो ।

भगवती लेमिनेट्सले संस्थामा आउनुपर्ने पैसा व्यक्तिगत रूपमा लिने गरेका विभिन्न प्रमाण फेला परिरहेका छन् । भगवती लेमिनेट्सले राजस्व छली गर्ने उद्देश्यले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । सो प्रालिसँग कारोबार गर्ने सबैजसो डिलरहरूले पनि सोही कार्यमा सहयोग पु¥याउँदै आइरहेका छन् ।

मतियारलाई मुख्य अभियुक्तको भन्दा आधा सजाय
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ अनुसार राजस्व चुहावट कसुरमा मतियार बनेको पाइए मुख्य अभियुक्तको भन्दा आधा सजाय हुने व्यवस्था छ ।

मुख्य अभियुक्तलाई भने कसुरको प्रकृति हेरी १ करोडदेखि १० करोडसम्म बिगो र एक महिनादेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । सो अनुसार मतियारलाई कसुरको प्रकृति हेरी ५० लाखदेखि ५ करोडसम्म जरिमाना र १५ दिनदेखि साढे दुई वर्ष कैद सजाय हुने व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...