हेर्नुस् विज्ञप्ति
कुनकुन सवारी साधनलाई जोरविजोर लागू हुँदैन ? यस्तो छ नयाँ सुचना
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोर विजोर प्रणाली लागू हुँदैछ ।
सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले जोरविजोर लागू गर्ने आदेश जारी भइसकेको छ ।
शुक्रबार फेरि जिल्ला प्रशासन कार्यालय ललितपुरले अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे समेत जानकारी गराएको छ । अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।
यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाउनेछन् ।
यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्ति मार्पत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुनेछैन ।
पत्रकारको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएकाहरुको सवारी सधान तथा कूटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू नहुने ललितपुर प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस